गाउँघरमा सुनिन छाड्यो नगराको धुन | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

गाउँघरमा सुनिन छाड्यो नगराको धुन

लमजुङ। दसैँका वेला बज्ने नगराको धुन अहिले गाउँघरमा सुन्न पाइँदैन । दसैँ सुरु हुनासाथ गाउँघरमा डुमडुम आवाज सुनिन्थ्यो । घटस्थापनादेखि पूर्णिमासम्म घर-घरमा डुलेर नगरा लगाउने चलन थियो । बेसीसहर नगरपालिका– ५ का शमशेर थापाले यस वर्ष गाउँघरमा नगराको धुन सुन्न नपाएको बताए । उनलाई दसैँको वेला ‘नगराको धुन’ सुन्न नपाउँदा केही खल्लो महसुस भएको छ । उनले भने, ‘केही वर्षअघिसम्म घटस्थापना सुरु भएदेखि नै गाउँघरमा नगरा लगाउँथे । नहरा लगाउँदा दमाहाको धुनले दसैँ आएको आभाष गराउँथ्यो ।अहिले त नगराको धुन सुन्नै पाइँदैन । दसैँ नै सुनसान भएको छ ।’ दसैँको वेला नगरा लगाएको घरमा सुखशान्ति छाउने धार्मिक विश्वास पनि रहिआएको छ। दसैँको वेलामा परियार समुदायका मान्छेले घरघरमा पुगी दमाहा बजाएर लगाउने नगरा प्रथा पछिल्लो समय हराउँदै गएको हो । हिन्दू धर्मसंस्कृतिसँग जोडिएको नगरा लगाउने प्रथा पछिल्लो समय हराउँदै गएको छ ।  युवा पुस्ताले चासो नदिने र नगरा लगाउनेलाई समाजले राम्रो नजरले नहेरेका कारण यो प्रचलन बिस्तारै हराउँदै गएको बेसीसहर नगरपालिका–११ चितीका धनबहादुर परियारको अनुभव छ । ‘अहिलेका ठिटाहरू बाजा बजाउनै लाज मान्छन् । नगरा लगाउनेलाई समाजले खासै राम्रो पनि मान्दैन ।’

दमाहा बजाएर नगरा लगाउँदा दमाहाको धुनले सुतेकी देवी पनि ब्युँझने, प्रसन्न हुने र नगरा लगाएको घरमा सुखशान्ति, समृद्धि छाउने जनविश्वास छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);