सर्वसाधारणको जुत्ता पालिस गरेर कांग्रेस नेताले ३३ हजार कमाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सर्वसाधारणको जुत्ता पालिस गरेर कांग्रेस नेताले ३३ हजार कमाए

काठमाडौं, १६ माघ। मंगलबार कांग्रेसका केही युवा नेताले सडकमै बसेर जुत्ता पालिस गरे । कांग्रेसका युवा नेता धनराज गुरुङ, चन्द्रभण्डारी सहितका नेताहरुले नयाँ बानेश्वरको सडक पेटीमा बसेर जुत्ता पालिस गर्दै कामको सम्मान र राजनीतिक सुद्धीकरणको सन्देश दिने प्रयास गरेका हुन् ।

मंलबार विहानै कांग्रेसका युवा नेता धनराज गुरुङ, चन्द्र भण्डारीसहित अन्य नेताहरुले बानेश्वरको सडकमा बसेर धमाधम जुत्ता पालिस गरे । हेर्नेहरु छक्क परे ।  उनीहरु जुत्ता पालिस गरेर पैसासमेत लिइरहेका थिए । समान्य जुत्ता पालिस गर्नेले जुत्ता पालिस गरेर २० रुपैयाँ पाउँछ । तर, उनीहरु धमाधम हजारका नोट ज्याला वापत बुझिरहेका थिए ।

रोचक पक्ष त के थियो भने नेपाली कांग्रेसका नेता धनराज गुरुङ जुत्ता पालिस गर्दै थिए भने कांग्रेसकै नेता राधेश्याम अधिकारी जुत्ता नखोलीकन पालिस गराइरहेका थिए । उनले पनि गुरुङलाई एकहजार रुपैयाँ ज्याला वापत तिरेका थिए ।

यसरी पालिस गर्नेहरुले ज्यालापावत केही वेरमै ३३ हजार रुपौयाँ प्राप्त गरे । उक्त रकम नेताहरुले ‘कृष्णप्रसाद भट्टराई प्रतिष्ठान’लाई हस्तान्तरण गरेका छन् । स्वर्गीय सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको आयोजनामा भएको जुत्ता पालिस कार्यक्रमलाई किशुनजीको सपना साकार पार्ने अभ्यास भएको कांग्रेस नेताहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);