पाकिस्तानलाई हराउदै भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

पाकिस्तानलाई हराउदै भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं, १६ माघ । पाकिस्तानलाई २ सय ३ रनको फराकिलो अन्तरले पाखा लगाउँदै भारत आइसीसी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई २ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो । भारतले अब उपाधिका लागि अष्ट्रेलियासँग खेल्नेछ । क्राइस्टचर्चमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो । जवाफि ब्याटिङमा उत्रिएको पाकिस्तान २९ ओभर ३ बल खेल्दै ६९ रनमा समेटियो । १० रन जोड्दा पहिलो विकेट गुमाएको पाकिस्तानले ठूलो साझेदारी गर्न सकेन । पाकिस्तानका लागि रोहल नजिरले १८ रन बनाए भने साद खानले १५ र मोहम्मद मुसाले ११ रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा इशान पोरलले १७ रन दिएर ४ विकेट लिए भने शिव सिंह र रियान परागले समान २–२ विकेट हात पारे । यसअघि भारतको भने सुरुवात राम्रो रह्यो । कप्तान पृथ्वी शाह र मञ्जोत कालराले पहिलो विकेटका लागि ८९ रनको साझेदारी गरे । साह ४१ रनमा आउट भए । यो जोडी टुटेपछि भारतले लगातार विकेट गुमायो तर, तेस्रो नम्बरमा आएका शुभम गिलले क्रिजमा टिकिरहे । सातौं विकेटका लागि अंकुल रोयले गिलसँग ७७ रनको साझेदारी गरे । रोय ३३ रनमा आउट भए भने गिल १ सय २ रनमा अविजित रहे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);