पाण्डव पुजारा, कैलाली
काठमाडौं, १६ माघ । सरकारले कुष्ठरोगीको संख्या घट्दै गएको तथ्यांक सार्वजनिक गरेपनि प्रदेश नम्बर ७ का जिल्लामा कुष्ठरागीको संख्या बढ्दो छ । सरकारले कुष्ठरोगको औषधि निशुल्क वितरण र यातायात खर्च बापत १ हजार रुपैयाँ दिन गरेको छ । तर प्रदेश नम्बर ७ का जिल्लामा अझै कुष्ठरोगको निराकरण हुन सकेको छैन ।
प्रदेश नम्बर ७ को कैलाली, कञ्चनपुर, अछाम, डोटी, बझाङ, डडेल्धुरा, बैतडी, बाजुरा र दार्चुला कुष्ठरोगको उच्च जोखिममा छ । आर्थिक वर्ष ०७३ \ ७४ मा १ सय १६ जना कुष्ठरोगी भेटिएका थिए । ती मध्ये सबैभन्दा धेरै कैलालीमा मात्र १ सय ६ जना छन् । त्यस्तैकञ्चनपुरमा ४७ जना, अछाममा २२ जना, डोटीमा ५ जना, बझाङमा ४ जना, डडेल्धुरामा ४ जना ,बैतडीमा ४ जना, बाजुरामा ३ जना र दार्चुलामा ३ जना कुष्ठरागी रहेको सरकारी तथ्यांकमा छ । प्रदेश नम्बर ७ मा कुष्ठरोग निवारण गर्न कैलालीका ६ ओटा स्थानिय तहका घरघरमा गएर जाँच गरिन थालिएको छ ।
हिमाल र पहाडमा भन्दा तराइमा बढि कुष्ठरोगको समस्या छ । सन् १९८२ मा कुष्ठरोगको किटाणु पत्ता लागेको हो । समयमै उपचार भए कुष्ठरोग निको हुन्छ । तर बिरामीले समयमै उपचार नगर्दा अपाङ्ग हुने जोखिम रहन्छ ।विशेष गरेर श्वासप्रश्वासको माध्यमबाट यो रोग लाग्ने गर्दछ । छुदा थाहा नपाउने, हातखुट्टा झमझमाउने, माशांपेसि कमजोर हुने, शरिरमा गिर्खा देखा कुष्ठरोगको लक्षण हो । यस्ता लक्षणहरु देखापरे तत्काल अस्पाताल जान चिकित्सकहरुले सुझाव दिएका छन् ।