तनहुँ बस दुर्घटनाका घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खडसेले भेटे | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८१, बिहीबार

तनहुँ बस दुर्घटनाका घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खडसेले भेटे

शनिबार, भाद्र ८ २०८१ ||
तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा शुक्रवार भएको बस दुर्घटनाका घाइतेसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले भेट गर्नुभएको छ । शुक्रवार भारतीय पर्यटक सवार बस मस्र्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मत्यु भएको थियो भने १६ जना घाईतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनामा परी घाइते नागरिकहरुलाई भेट्न नेपाल आउनुभएकी राज्यमन्त्री खडसेसँग गृहमन्त्री लेखकले अस्पतालमा नै बिरामीहरुको अवस्था बुझ्नेक्रममा भेट गर्नुभएको हो । भेटमा उहाँले दुर्घटना लगत्तै नेपाली सेना र नेपाल प्रहरीले चाँडो भन्दा चाँडो उद्धार गरेका कारण थप मानवीय क्षति हुन नपाएको बताउनुभएको थियो भने राज्यमन्त्री खडसेले छिटो उद्धार गरेर केही नागरिकको ज्यान बचाउने काम गरेको भन्दै नेपाल सरकार र उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई धन्यावाद दिनुभएको थियो । बिरामीहरुको उपचार राम्रोसँग भईरहेको र केही घाइते बाहेक अन्यको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको गृहमन्त्री लेखकले बताउनु भयो । उहाँले त्यही क्रममा राज्यमन्त्री खडसेसँग पनि भेट भएको र मृतकहरुको शव भारत पठाउने विषयमा पनि छलफल गरिएको जानकारी दिनुभयो ।
भाद्र ७ गते बिहान करिव साढे ११ बजे सडकमा अनियन्त्रित भई मस्र्याङदी नदी किनारामा भारतीय पर्यटक बोकेको बस खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);