बस दुर्घटनाका घाइते अस्पतालमै बन्धक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बस दुर्घटनाका घाइते अस्पतालमै बन्धक

बस दुर्घटनाका घाइते अस्पतालमै बन्धक

विवेक विश्वकर्मा
भैरहवा, २५ जेठ । कपिलवस्तुको पकडीमा बस दुर्घटनामा परी घाइते भएकाहरु यतिबेला भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अस्पतालमा अलपत्र छन् । उपचार गराई रहेका विरामीहरुलाई अस्पतालले घर फर्किन नदिएपछि विरामीहरु समस्यामा परेको छन् । बस ब्यवसायी समितिले बिरामीहरुको उपचारको रकम भुक्तानी नगरेकोले विरामीहरुलाई घर जान नदिएको अस्पतालले जनाएको छ ।

बस ब्यवसायी समिति र मेडिकल कलेजको एक आपसको जुहारीको कारण अहिले मेडिकल कलेजमा बस दुर्घटनाका घाइते बिरामी चेपुवामा परेका छन् । गएको बुधबार साँझ कपिलवस्तुको पकडीमा मलामी बोकेको सिद्धार्थ यातायात व्यवसायी समितिको लु १ ख ७७५२ नम्बरको गाडी दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते भएका २५ बिरामी उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेज पु¥याइएका थिए । सामान्य घाइते भएकाहरुको उपचार भईसकेको छ भने गम्भीर घाइतेहरुको उपचार अझै बाँकी छ । तर उपचारको रकम भुक्तानी हुन बाँकी भएको भनी अस्पतालले उपचार भईसकेकालाई पनि घर जान दिएको छैन ।

दुर्घटनामै परि दाहिने हात भाँचिएका उमबहादुर खड्कालाई चिकित्सकले शुक्रबार अपरेशन गर्ने समय दिएका थिए । तर अपरेशनका लागि रकम जम्मा नभएपछि अपरेशन नै सारिएको छ । दुर्घटना हुँदा नै सरकारी अस्पतालमा भर्ना गरेको भए आफैं रकम दिन सकिन्थ्यो कि भन्ने उनको भनाई छ ।

यता युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजले उपचार गरेपछि सोको भुक्तानी आफुले पाउनु पर्ने माग राखेको छ । अस्पतालका जन सम्पर्क अधिकृत शुसिल गुरुङ्गले उपचार खर्चको ग्यारेन्टी नभएकाले बिरामीलाई डिस्चार्ज गर्न गाह्रो भएको बताउनु भयो ।

यस विषयमा सिद्धार्थ यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष सुनिल विष्टले चालकको लापरबाहीका कारण दुर्घटना भएकाले क्षतिपूर्तिको विषयमा केही समय लागेको दाबी गर्नु भयो । रकम नपाएकोले बिरामी छोड्न नमिल्ने मेडिकल कलेजको भनाई छ भने बस ब्यवसायीले समितिको आन्तरिक नियम नमानेको कारण ठूलो रकम भुक्तानी गर्न नसक्ने समितिको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);