साउन ११, २०८१ रामेछापमा पहिरोमा पुरिएर ३ किशोरीको मृत्यु भएको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परेर तीन किशोरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
स्थानीय बिमा तामांङको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका १७ वर्षकी सिता तामाङ्ग, १४ वर्षकी आसिका तामाङ्ग र १३ वर्षकी लक्ष्मी तामाङ्गको मृत्यु भएको होे ।
स्थानीयका अनुसार रोपाईं गरेर घर पुगेका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर घर भित्र पसेको लेदोले पुरिएका हुन् ।
यसैबीच अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपदमा परी मृत्यु हुनेको संख्या १३४ पुगेको छ । भने १४८ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १३४ जनाको मृत्यु भएको छ ।०००




