विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेस प्रदेश सरकार | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेस प्रदेश सरकार

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ ।

विश्वासको मत लिएपछि जनमत पार्टीका मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरेको असन्तुष्टि जनाउँदै कांग्रेस र लोसपा सरकारमा सहभागी नभएपछि समस्या आएको हो ।

जनमत पार्टीलाई सहमति अनुसार विश्वासको मत दिएपनि पार्टीले धोखाधडी गरी विश्वासको वातावरण कायम राख्न नसकेको आरोप काँग्रेस र लोसपा सांसदहरुको छ ।

सहमति कार्यान्वयन नगरेको भन्दै काँग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी अघि बढाइसकेको छ ।

तयारी स्वरुप आज बिहान जसपा नेपाल, एमाले र लोसपाको संसदीय दलसँग छुट्टाछुट्टै रुपमा छलफल समेत गरेका छन् । छलफलमा जसपा, एमाले र लोसपाले काँग्रेस नेतृत्वलाई स्वीकार गर्दै अघि बढ्न सुझाव दिएको बताइएको छ ।

मन्त्रालय बाँडफाँडमा जनमत केन्द्रिय नेतृत्वको प्रदेशमा हस्तक्षेपका कारण सहमतिको वातावरण बिग्रिन गएको काँग्रेस संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्ण यादवले बताउनु भयो ।

काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको प्रक्रिया थालेको हो ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासा उहाँले सबै दलले आफ्नै नेतृत्व स्वीकर गरिसकेको बताउनु भयो । सहमतिअनुसार नभए नयाँ सरकारको पहल थाल्ने उहाँले स्पष्ट गर्नुभयो । ००। —

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);