एमाले र माओवादी केन्द्रको कार्यदलले प्रदेश सरकारका पदमा भागबण्डा सहित प्रतिवेदन तयार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले र माओवादी केन्द्रको कार्यदलले प्रदेश सरकारका पदमा भागबण्डा सहित प्रतिवेदन तयार

oli parachanda

काठमाडौं, १५ माघ । नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले प्रदेश सरकारका मुख्य पदमा भागबण्डासहित तयार पारेको प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएको छ ।

कार्यदलले सोमबार एमालेको संसदीय दलको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन हस्तान्तरण गरेको हो । प्रतिवेदन बुझ्दै ओली र दाहालले कार्यदलको निर्णय पार्टी एकता संयोजन समितिको बैठकबाट अनुमोदन गर्ने बताएका छन ।

कार्यदलद्वारा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागबण्डा गरिएको प्रतिवेदन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हस्तान्तरण ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);