आज मे ३ तारिख विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

आज मे ३ तारिख विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदै

आज मे ३ तारिख विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ ।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा घोषणापत्र जारी गरिएको हो ।

घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको छ । स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सम्मेलन प्रष्टरूपमा उभिएको छ । मुख्य रूपमा विश्वभरिका राष्ट्रका सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको सम्मानको प्रतिबद्धताको स्मरण गराउने अवसर पनि हो– विश्व प्रेस स्वतन्त्रता दिवस ।

साथै सञ्चार माध्यमसँग आबद्धलाई व्यावसायिक आचारसंहिता परिपालना तथा प्रेस स्वतन्त्रताबारे झकझकाउने अवसरका रूपमा पनि यो दिनलाई लिने गरिन्छ । आफ्ना समाचार, लेख तथा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकारको योगदान स्मरण गरिने हुनाले पनि यो दिन महत्त्वपूर्ण मान्न सकिन्छ ।

प्रत्येक वर्ष मनाइने यो दिवसको यस वर्षको नारा ‘प्रविधि नियन्त्रित मिडिया’ राखिएको छ । यस वर्षको नारालाई सञ्चार माध्यममा प्रविधिको प्रचुरतालाई प्राथमिकता प्रदान गरिएको रूपमा अथ्र्याउन सकिन्छ ।

दिवसका अवसरमा शुभकामना दिदै राष्ट्रपति रामचन्द्र पौडेलले सुसूचित हुन पाउने नागरिकको संवैधानिक हक कार्यान्वयन गर्न प्रेस स्वतन्त्रता अनिवार्य रहेको उल्लेख गर्नु भएको छ ।

प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई उत्तरदायी बनाउन मद्दत पुग्ने राष्ट्रपति पौडेलले बताउनु भएको छ । राष्ट्रपति पौडेलले बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले समाचारमाथि नागरिकको सहज पहुँच स्थापित हुने र सबै वर्ग समुदायको आवाज मुखरित हुने विश्वास व्यक्त गनुृ भएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);