क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको पेशी आइतबार पनि हेर्न नभ्याइनेमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको पेशी आइतबार पनि हेर्न नभ्याइनेमा

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको पेशी आइतबार पनि हेर्न नभ्याइनेमा परेको छ ।

समय अभावका कारण न्यायाधीसले मुद्दालाई नभ्याइनेमा राखेको बताईएको हो । सन्दीपको मुद्दा न्यायाधीसद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो ।

छैटौं नम्बरमा रहेको मुद्दाको पालो नआएपछि सुनवाइ हुन नसकेको हो । यसअघि गत वैशाख १० गते तोकिएको पेशी पनि हेर्न नभ्याइनेमा परेको थियो । अदालतमा सुनवाइ धकेलिँदा सन्दीपले टि–२० विश्वकप खेल्ने सम्भावना पनि क्षीण बन्दै गएको छ ।

नेपालसमेत सहभागी हुने टी–२० विश्वकप जून २ बाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघका अनुसार आउँदो मे १ सम्ममा नेपालले आफ्नो १५ सदस्यीय स्क्वाडको छनोट गरेर आइसीसीलाई पठाइसक्नुपर्ने हुन्छ ।

यदि उच्च अदालतले सुनवाइ गरेर सफाइ दिएको खण्डमा सन्दीप क्रिकेटमा फर्किन सक्नेछन् । तर, आज पनि सुनवाइ हुन नसकेपछि सन्दीप विश्वकप खेल्न अमेरिका जाने सम्भावनाको ढोका लगभग बन्द भएको छ ।
०००

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);