स्पेनका बार्सिलोना र एटलेटिको म्याड्रिड विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

स्पेनका बार्सिलोना र एटलेटिको म्याड्रिड विजयी

काठमाडौं,२९ चैत्र । च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको‌ पहिलो लेगमा स्पेनका बार्सिलोना र एटलेटिको म्याड्रिड विजयी,बार्सिलोनाले फ्रान्सको पिएसजीविरुद्ध स्पेनको बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको‌ पहिलो लेगमा फ्रान्सको पेरिस सेन्ट जर्मन पिएसजीविरुद्ध स्पेनको बार्सिलोनाले अग्रता लिएको छ ।

पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा बार्सिलोना ३–२ गोल अन्तरले विजयी भएको हो । खेलको ३७औं मिनेटमा राफिन्हाको गोलसँगै बार्सिलोनाले सुरुवाती अग्रता लियो । तर दोस्रो हाफको सुरुवाती समयमा नै घरेलु टोली खेलमा फर्कियो । ४८औं मिनेटमा बार्सिलोनाका पूर्व खेलाडी उसमान डेम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए । बराबरीको ३ मिनेट पछि फाबियान रुइजको पासमा भिटिन्हाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । तर ६२औं मिनेटमा राफिन्हाको दोस्रो गोलसँगै बार्सिलोना खेलमा फर्कन सफल भयो ।

७७औं मिनेटमा मैदान भित्रिएको केही मिनेटमा नै आन्द्रेयास क्रिस्टियनसनले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे यसैगरी । अर्को क्वाटरफाइनलको‌ पहिलो लेगमा स्पेनको एट्लेटिको म्याड्रिडले जर्मनीको बोरसिया डर्टमन्डलाई २–१ गोल अन्तरले हराएको छ ।

Leave a Reply