दक्षिणी सिरियामा विस्फोट हुँदा ७ बालबालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

दक्षिणी सिरियामा विस्फोट हुँदा ७ बालबालिकाको मृत्यु

काठमाडौं,२५ चैत्र । दक्षिणी सिरियाको दारा प्रान्तमा एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको छ । आतङ्कवादी समुहले सानमायन सहरमा राखेको एउटा विस्फोटक उपकरण विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको छ भने एक महिलासहित दुई जना घाइते भएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मनिटरले भिन्न तथ्याङ्क दिँदै विस्फोटमा फरक फरक उमेरका आठ बालबालिका मारिएको र २ जना घाइते भएको बताएको छ । बेलायतस्थित मनिटरले उक्त क्षेत्रमा अज्ञात व्यक्तिलाई निशाना बनाउन मिलिसियाहरूले उक्त उपकरण राखेको आरोप लगाएको बताएको छ ।

दारा प्रान्त राष्ट्रपति बशर अल–असदको शासनविरुद्ध सन् २०११ को विद्रोहको उद्गम स्थल थियो । तर रुसको समर्थनमा युद्धविराम सम्झौता अन्तर्गत सन् २०१८ मा यसलाई सरकारी नियन्त्रणमा फिर्ता गरिएको थियो । त्यस बेलादेखि नै उक्त प्रान्त हत्या, झडप र दयनीय जीवन अवस्थाले ग्रस्त छ ।

जिहादी र विदेशी सेनालाई समावेश गरेको घातक द्वन्द्वबाट बढेको सिरियाको युद्धबाट पाँच लाख सात हजारभन्दा बढी मानिस मारिएका छन भने लाखौँ विस्थापित भएका छन् । विस्फोटले मुलुकको पूर्वाधार तथा उद्योग क्षेत्रहरु पनि ध्वस्त भएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);