भारतको प्रमुख विपक्षी दलद्वारा आम निर्वाचनको घोषणापत्र सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

भारतको प्रमुख विपक्षी दलद्वारा आम निर्वाचनको घोषणापत्र सार्वजनिक

काठमाडौं,२५ चैत्र । भारतको मुख्य विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले आगामी २०२४ को आम चुनावका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणा पत्र काम, धन र कल्याणमा केन्द्रित छ । दिल्लीमा आयोजित एक समारोहमा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, कंग्रेसका पूर्वअध्यक्षहरू सोनिया गान्धी र राहुल गान्धीको साथमा घोषणापत्र सार्वजनिक भएको हो ।

रोजगारी सृजनामा गहिरो जोड दिँदै, पार्टीको घोषणापत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्ने र सबै क्षेत्रहरूमा दिगो वृद्धि सुनिश्चित गर्ने प्रतिबद्धता गरिएको छ ।

घोषणापत्रको अर्को मुख्य विशेषता भनेको आगामी दशकभित्र २३ करोड मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्ने महत्वाकांक्षी लक्ष्य लिइएको छ । भारतमा अप्रिल १९ देखि जुन १ सम्म आम निर्वाचन हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);