लागुऔषध ओसारपसारको आशंकामा टर्की प्रहरीद्वारा २ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

लागुऔषध ओसारपसारको आशंकामा टर्की प्रहरीद्वारा २ पक्राउ

एजेन्सी,२६ चैत्र । टर्की प्रहरीले आईतवार ५८.२ किलोग्राम सिन्थेटिक लागुऔषध चक्की बरामद गरेको छ । उत्तरपश्चिमी सीमा प्रान्त एडिर्नेमा दुई संदिग्धलाई पक्राउ गरेको टर्की प्रहरीले जनाएको छ ।

लागुऔषध तथा तस्करी बिरोधी टोलीले बुल्गेरियासँगको कपिकुले सीमा नाका हुँदै टर्की प्रवेश गर्ने दुईवटा ट्रकमा छापा मारेको थियो ।

टर्कीका सुरक्षा अधिकारीहरूले राष्ट्रव्यापी लागुऔषध दुरुपयोग बिरुद्ध लड्न आफ्नो प्रयासको एक भागको रूपमा देशभर लागुऔषध तस्करहरू बिरुद्ध नियमित रूपमा कारबाहीहरू शुरु गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);