काठमाडौं,२० चैत्र । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले २ प्रदेशका अध्यक्षलाई पार्टीबाट निष्कासित गरेकी छिन् । श्रेष्ठले बाग्मतीका अध्यक्ष दीपबहादुर योन्जज र गण्डकीका इन्चार्ज राजन गुरुङलाई पार्टीबाट निष्कासित गरेकी हुन् ।
मंगलबार अनामनगरमा बसेको पार्टीको बैठकले केन्द्रीय सदस्यहरु रामलाल डगौरा र रमेश विकलाई कुटपिट गरेपछि उनीहरुलाई पार्टीबाट निष्कासन गरेको बुझिएको छ ।
रन्जिताले बोलाएको केन्द्रीय सदस्यहरुको बैठकमा महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यहरु पनि सहभागी भएपछि पार्टी कार्यालयमा विवाद भएको थियो ।
रेशम पक्षका नेताहरुले रन्जिता पक्षका नेताहरुलाई कुटपिट गरेको आरोप लगाइएको छ ।