उपराष्ट्रपति बन्न उमेरले छेक्ला त रन्जितालाई ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

उपराष्ट्रपति बन्न उमेरले छेक्ला त रन्जितालाई ?

काठमाडौं, २६ फागुन । उपराष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी सो पदका लागि अयोग्य हुने भएकी छिन् । उनको नागरिकता अनुसार उमेर ३९ वर्ष मात्रै छ,तर राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धि ऐन, २०७४ अनुसार उम्मेदवार हुन ४५ वर्ष पुरा हुनुपर्ने उल्लेख छ । ऐनको दफामा उम्मेदवार उम्मेदवारी दिने दिनसम्म ४५ वर्ष पुरा भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचन आयोगको आज बसेको बैठकले उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो । जसपाले पनि नौ दलिय गठबन्धनबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिने बताइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);