यस्तो छ सरकारी क्याम्पसको हालत | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

यस्तो छ सरकारी क्याम्पसको हालत

अप्सरा गौतम । १७ जेठ, काठमाडौं । त्रिभुवन बिश्वबिद्याल अन्तर्गतका आंगिक क्याम्पसहरुको भौतिक अबस्था यतिबेला अस्तब्यस्त अवस्थामा देखिन्छ । सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी छुट्टाए तापनि सरकारी क्याम्पसहरुको अबस्थामा भने सुधार आएको देखिदैन । सरकारी क्याम्पसमा अध्यनरत बिधार्थीहरुले शौचालय देखि खानेपानी सम्मको समस्या झेलीरहेका छन ।

त्रिभुवन बिश्वबिद्यालयको आंगिक क्याम्पसहरुको भौतिक अबस्था अस्तब्यस्त रहेको छ । यो तेस्तो ठाँउ हो जहाबाट राम्रो शिक्षा आर्जन गरिन्छ । तर तेहि ठाँउको भौतिक संरचनाको अबस्था भने नाजुक छ । यस्ता धेरै सरकारी क्याम्पसहरु छन जहाँ बिद्यार्थीले प्रयोग गर्ने शौचालयको अबस्था अस्तब्यस्त देखि पिउने पानिको समेत उति राम्रो ब्यबस्था छैन ।

सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी छुट्टाएपनि सरकारी क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुले भने यस्ता  धेरै समस्या झेल्नुपरेको  छ । कतिपय क्याम्पसहरुको शौचालयका ढोकाहरुमा चुकुल सम्म नभएकोले महिला बिद्यार्थीका लागि यसले निकै अप्ठ्यारो पारेको छ ।  फोहर शौचालयमा जाँदा इन्फेक्स हुने डर रहेको र न जाँदा अरु विकल्प नभएको बिद्यार्थी बताउछन । उता लाईब्रेरीको अबस्था पनि उस्तै छ । 

सरकारी सानो कामका लागि पनि बोलपत्र आब्हान गर्नुपर्ने भएकाले मर्मत संभारको काममा  ढिलाई भएको रत्नराज्य क्यामपसकी  प्रमुख निर्मला सुवाल  बताउनु हुन्छ । सरकाले सरकारी क्याम्पसहरुका भौतिक संरचनाहरु लाई मर्मत संभार नगरिदिदा सपना सजाएर भबिस्यका लागि केहि गर्ने अठोट बोकेका बिद्यार्थीहरुले धेरै समसयाहरु झेल्नु परेको छ । सरकारले यस समस्यालाई सानै माने पनि बिद्यार्थीहरु लाई भने यसले निकै असर पर्ने देखिन्छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);