Our Network

साउन १९ २०७८, मंगलबार

कोभिडपछि नेपाली गीत संगीत कता जादैछ ?

डी पी दाहार्ल परिश्रर्मी
कोभीड १९ पछिको हालको जेपाली गीत संगितको अबस्था कस्तो छ ? बिगत र बर्तमानमा गीत संगितको उत्पादन र बजारीकरण संगै नेपाली दर्शकहरु कति लाभान्वीत भएका छन् त ? भन्ने बिषयमा केहि चर्चा गरौ । गीत संगित भन्ने बितिक्कै सबैलाई मन देखिनै सकरात्मक भाव जागेर आउछ नै । चाहे बिकसित देश होस या अल्प बिकसीत, जुनसूकै देशको भाषा संस्कृतिको पर्यायबाचीको रुपमा बिभिन्न गीतसंगीतका धुनहरु, भावहरुलाई लिईन्छ ।

प्रत्येक देशका राष्टिय धुनहरु संगीतका माध्यमबाटनै सबैको मन मनमा पुर्याईन्छ र रहन्छन् पनि । संगीतका धुन अनुसार हामीसबैलै बिभिन्न किसिमका रसहरु लिईरहेका हुन्छौ । बिगतको लकडाउनको अबस्थामा आफूलाई जे जस्ता गीत संगीतका श्रृजनाहरु मन पर्छन तिनैलाई सुनेर, हेरेर आफ्नो मनलाई सन्तुलनमा राख्दै आनन्द लिने गरेको अनुभब पनि धेरैको छ ।

अहिलेको नेपाली गीत संगीतको कुरा गर्दा राम्रो नै देखिन्छ । देश देखि बिदेश सम्म फैलिएका नेपालीहरुलाई संगीतकै माध्यमले देश जोडिरहेको हुन्छ र छ पनि । तर बास्तबमा गीत संगित भित्रको यथार्थ अबस्था के छ त ? त्यहि सन्दर्भमा यहां केलाउने यहां कोशिश गरिएको छ । नेपाली गीत संगीतका कुरा गर्दा पहिले गीत उत्पादन, ति गीतको बितरण र तिनले प्राप्त गर्ने आम्दानी अर्थात नाफा घाटाको अबस्थालाई जोड्नु उचित हुन्छ ।

अहिलेका दिनहरुलाई आधार मानेर हेर्दा गीत उत्पादन गर्ने संस्थाको कुरा आउछ । बिगतमा स्थापीत सरकारी लगानीको रत्न रेकर्डिङ संस्थानको अबसान पछि रेडियो नेपालले आफ्नै स्टुडियोबाट प्रशारण गर्न गीत रेकर्डिङ गर्ने काम आज पनि गरिरहेको छ । तर यहां जनताहरुले सिधै गएर गीत रेकर्डिङ गर्न दिने प्रणाली छैन जस्का कारण सरकारी सेवा मार्फत गीत उत्पादनको ढोका सहज छैन र अनुकुल पनि देखिदैन ।

आज रेडियो नेपालको स्टुडियो जनताहरुले सहजै प्रयोग गर्न पाएको भए त्यसको महत्व अर्कै हुने थियो । बिगतमा चलचित्र क्षेत्रको उत्थानको लागि खोलिएको चलचित्र बिकास संस्थान पनि नीजिकरणका नाममा कसैको भयो ति सबै देखेका तर दुखलाग्दा बिपनाहरु नै यादगार बनीरहेकाछन् । गीत संगित प्रेमीहरुले नै यस क्षेत्रलाई जोगाएको देखिन्छ ।

अब नीजि क्षेत्रबाट स्थापीत कम्पनीहरुका सम्बन्धमा कुरा गर्दा रेकर्डिङ कम्पनीहरुको संख्या यति नै भनेर यहां भन्न नसके पनि धेरै नै छन् र खूल्ने क्रम पनि बढ्दो छ । काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका मुख्य शहरहरुमा रेकर्डिङ स्टुडियोहरु प्रयाप्त मात्रमा खुलेका छन् । यि स्टुडियोहरुमा आधुनिक, लोक, दोहोरी, चलचित्र, लगायतका लागि देखि लिएर बिभिन्न धर्म संस्कृति, भेषभुषा लगायत बिभिन्न बृतचित्रहरुलाई चाहिने गीत संगितहरु उत्पादन गर्ने गरिन्छ ।

यसरी हेर्दा नीजि क्षेत्रबाट खुलेका ति कम्पनी या नीजि ब्यक्तिगत तवरबाट उत्पादनको काम भैरहेको छ । तिनले सकेको योगदान गरिरहेका छन् । तर ब्यबसायिक रुपमा कति सफल कति असफल भन्न भने गाह्रो छ । तर सीमित गीत संगितले मात्र नाफा कमाएको पाईन्छ । श्रब्यदृश्य सामाग्रीको उत्पादन गर्दा बिभिन्न्न सामाग्रीहरुमा लगानी गर्नु पर्दछ । गीत उत्पादन गर्दा रचनाकार, संगीतकार र गायकको सहकार्यमा निर्माण भएको कुनै पनि श्रृजनालाई रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिन्छ ।

त्यो रेकर्ड गर्दा लाग्ने लागतको भुक्तानी अर्थात लगानी जस्ले गर्छ, उ आर्थिक रुपमा त्यस श्रृजनाको हकदार हुन्छ, अर्थात लगानीकर्ता हुन्छ । उत्पादन भैसकका श्रृजनाहरु सहजै संचारमाध्यममा बजाउने वा प्रसारण गर्ने अबस्था भने छैन, तथापी त्यसका लागि सबै संचारमाध्यममा श्रृजना उपलब्ध गराएपछी पहुचका आधारमा हुने अबस्था छ अर्थात सामाग्री बजाउन दिए बापत रकम प्रँप्त गर्नु पर्नेमा उल्टो प्रबर्धन खर्च ब्यहोरेर प्रसारण गर्नु पर्ने अबस्था छ ।

यहां पहुच भन्नाले सम्पर्क, समन्वय, बिज्ञापन आदिलाई बुझ्दा हुन्छ । हुन त यो कुरा गरिरहदा सबैलाई त्यस्तो नलाग्ला । अरु देशमा उत्पादन भएका श्रजनाहरु त्यहि देशको नियम अनुसार किनेर प्रसारक संस्थाहरुले बजाउछन अनी सर्जकहरु आर्थिक रुपमा पनि मागेर हिड्नु पर्दैन । तर हाम्रो देशमा गीत बजाइीदन पनि रकम लिने गरेको पाईन्छ । यो हो कि हैन ? भन्ने सम्बन्धमा नेपाली गीत संगीत क्षेत्रका बिज्ञहरुले बिश्लेषण गर्नुनै हुनेछ ।

यो अबस्था प्रष्ट देख्दा पनि सरकारी निकाय बाट कुनै ठोश पहल भएको देखिदैन । प्रसारक संस्थाहरु भन्नाले हालको अबस्थामा भने सबैले युटुबलाई प्रमुख प्रसारकको रुपमा लिएको देखिन्छ । डिजिटल प्रणालीमा भएका नया नया प्रणाली, उपकरणहरुको बिकासको कुरा गद युटुब यस्तो अन्तराष्टिय संस्था बनेको छ जस्ले संसारका सबै देशमा प्रयोगकर्ताहरुलाई कामदार बनाईरहेछ ।

बिदशमा रहेको उक्त कम्पनीमा हामीले ढुक्कका साथ सुरक्षित ठानी हाम्रा श्रृजनाहरु हजारौ, लाखौ अपलोड गरिरहेका छौ । हामी सुरक्षित भएको र राज्य सहजकर्ता भएको भए हुन्थ्यो भन्ने मलाई लाग्छ तर त्यो त छैन । क्षमता भएर पनि धेरै श्रष्टाहरु ओझेलमा पर्नु परेको छ । गीतको अडियो उत्पादन महंगो भएर गएको छ, भिडियोको त कुरै छोडौ , प्रतिस्पर्धाको सीमा झनै बढेर गएको छ । उत्पादन पछिको लगानी फिर्ताको बिश्वासयोग्य बाताबरण देखिदैन ।

गीत संगीतका सम्बन्धमा सरकारी निकायले सहजीकरण गरी योग्यता क्षमता भएका श्रष्टाहरुले श्रृजनालाई सरल ढंगले ल्याउने वाताबरण बनाईदिएको खण्डमा धेरैनै उत्कृष्ट श्रृजनाहरु आउने थिए भन्ने लाग्छ । हालको अबस्थामा भने आफूलाई मनबुझाउन आफू यस क्षेत्रमा छु है भन्नका लागि पनि लागीपरेको अबस्था पनि देखिन्छ । गीत संगितमा क्वालीटीका कुरा र जो चर्चामा छन् उनीहरुले आफुनो बजारभाउ पनि बढाएका कारण पनि उत्पादन शूल्क महंगो छ ।

एउटा गीत रेकर्डिङको यतिनै पर्छ भनेर भनिदैन किनभने कसैको पनि उउटै भाउ छैन नत कुनै दर रेट तोकेको नै छ । बजेट पनि मान्छे पिच्छे फरक फरक हुन्छ । यस्मा सुधारहुने कुनै आशिातित बिन्दू देखिदैन , हाम्रो देशमा चलचित्र निर्माण, बितरण र प्रदर्शनका लागि चलचित्र बिकास बोर्ड रहेकोछ । यस्ले चलचित्र क्षेत्रका निर्माता कम्पनी, बितरक र चलचित्र प्रदर्शन गर्ने चलचित्र घरहरुलाई मात्र हेर्छ , यहां पनि चलचित्रमा प्रयोग हुने गीतहरु मात्र दर्ता गर्ने गरिन्छ ।

यस बाहेकका अरु श्रृजनाहरुका आआफैले खोलेका बिभिन्न संघसंस्थाहरु छन् तर सरकारीतवरबाट गीत संगीतलाई माथि उठाउन काम गर्नका लागि कुनै निकायको समन्वय पाईदैन । व्यक्तिगत तवरबाटनै आफ्नो ईच्छा पूर्तिका लागि वा व्यबसाय गर्ने व्यक्ति तथा निकायहरु क्रियाशिल रहेको पाईन्छ । बिशेषगरी नाम चलेका गायक, संगीतकार र केहि गीतकारहरुले मात्र यस क्षेत्रकै कमाईबाट आफ्नो आर्थिक उन्नती गरेको अर्थात रोजीरोटीको परिपूर्ति गरेका छन् भन्ने अनुमान गर्न सकिन्छ ।

गीत संगितको क्षेत्रमा बिगत लामो समय देखि काम गरेका कम्पनीहरु जो आफूलाई आजकाल बितरकको रुपमामात्र लिन चाहान्छन् उनीहरुले युटुब लगायतका बिभिन्न अनलाईन माध्यमबाट प्राप्त हुने आम्दानीको आधा हिस्साको वरीपरी रकम पाउने गरेका छन् । तर निश्चीत अबधिका लागि भनेर दिएका श्रृजनाहरु गैरकानुनी रुपमा आफै हकदार बनेर उत्पादक श्रष्टालाई दुख दिएको कुरा अग्रज श्रष्टाहरुनै बताउदै आएका छन् ।

उसबेला कानूनी प्राब्धानहरु नहेर्दा दुख पाईयो भन्नेहरु पनि धेरै छन् भने फेरी केहि श्रष्टाहरु तिनै कम्पनीहरु नभएको भए यति प्रगती पनि हुदैनथ्यो भन्नेहरु पनि छन् । यस्बाट हेर्दा सरकारी निकायको समन्वयकारी र न्यायपूण सहयोगको खांचो देखिन्छ । बिभिन्न निकायहरु बनेपनि झाराटार्ने मात्र परीपाटीका कारण संगीत क्षेत्रमा जस्ले लगानी गरेका छन् तिनीहरु मारमा छन् भन्न सकिन्छ । गीत,संगीत, चलचित्र क्षेत्रमा हिजोका दिनमा व्यपारी घरानाका लगानीकर्ताहरु पनि थिए तर अरु व्यबसाय जस्तो नभएपछि अर्थात ब्यापारमा नाफा नभएपछि उनीहरुले यस क्षेत्रलाई निरन्तरता दिएनन् ।

बिशेषगरी पूराना गीत संगित , चलचित्र निर्माण गर्ने कम्पनीहरु बन्द हुनु , पुराना अनुभवी श्रृजना उत्पादन गर्ने कम्पनीहरु पनि बन्द हुदै जाने र नया खोलीएका कम्पनीहरु पनि श्रष्टाहरुको लागि भनिएपनि केवल मुनाफाका लागि मात्र खोलीएकाले नया श्रृजना बोकेर आएका ब्यक्तिहरु बाटाबाटैमा अलपत्रपरेको अबस्था छ । उनीहरु चुर्लुम्म डुबाईसकेपचि मात्र आफ्नो बास्तबिक अबस्था बुझ्न बाध्य हुनुपरेको छ ।

फेरी कुरो आउछ सबैले त यसो गरेका छैनन् ,यस्ता घटनाहरु नघट्नका लागि कहां गएर बुझ्ने त ? एउटा आधिकारिक निकाय संगीत क्षेत्रलाई चाहिएको देखिन्छ । आजकालका गीत संगित र बजारको रुझान कस्तो छ ? भन्न पनि नस्क्ने अबस्था पाईन्छ । शब्द संगित र नेपाली धारका गीतहरुमा भन्दा बाहिरी नक्कल र अलि उश्रृङखल भावका गीत संगिहरु बजारमा ल्याउने होड चलिरेहेको छ । यस्लाई रोक्ने अर्थात सजक तुल्याउने काम भएको कतैबाट पनि देखिदैन ।

बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भने झै बिभिन्न शैलीमा पिठो बिकाउने काम पो बढ्यो कि भन्ने पनि देखिन्छ । मिठा कुराले मात्र पेट भरिदैन । यी सबै उत्पादीत गीत संगीतको सुरक्षाका जिम्मा लिने सरकारी निकायको अभाव छ । बिभिन्न ऐन कानुन मार्फत अधिकार उपलब्ध गराउने भनिए पनि क्षति भैसके पछि मात्र गरे जस्तो गरेर झारा टार्ने हाम्रो परम्परामा सुभार कहिले आउछ ? पिडितले उपयुक्त सहयोग पाईरहेका छैनन् ।

यो क्ष्ोत्रमा लकडाउन पछि कति घाटा भएको छ त ? त्यसको बारे बोल्ने आज को छ त ? न सहजकर्ता नै छ । कमाउदा, खादा, आईरहदा त कोही चाहिदैन तर आपतमा त जिम्मेवार निकायको नै सहयोग चाहिन्छ, । तसर्थ चाहे नीजि वा सरकारी जुनसुकै क्षेत्रमा पनि समन्वय हुनु आबश्यक छ । आज यहां गीत संगितमा देखिएका अपठाराहरुका बारेमा चर्चा गर्यौ । समस्याहरु जहां पनि छन् तर समाधान पहल हुनु जरुरी छ ।

Leave a Reply