गृहमा झमेला,अर्थ र परराष्ट्र छाडेको एमालेको स्वभाविक दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गृहमा झमेला,अर्थ र परराष्ट्र छाडेको एमालेको स्वभाविक दाबी

काठमाडौं,२३ फागुन । नयाँ सत्ता गठबन्धन गृह मन्त्रालय कसले लिने भन्ने झमेलामा अल्झिएको छ । जनतालाई सेवा प्रवाह गर्ने भनेर बनेको गठबन्धनमा शक्ति अभ्यास गर्ने मनोवृत्ति हाबी हुँदा गतिरोध उत्पन्न भएको हो । दलहरूबीच भएको प्रारम्भिक समझदारीअनुसार माओवादीले अर्थ, जसपाले परराष्ट्र पाउने निश्चितजस्तै भएको छ । कृषि, शिक्षा, स्वास्थ्य, श्रम र पूर्वाधार मन्त्रालयप्रति कसैको आकर्षष छैन ।

नयाँ–पुराना सबै दलको अडान गृहमा भएपछि गतिरोध उत्पन्न भएको हो । अर्थ र परराष्ट्र छाडेकाले गठबन्धनको ठूलो दल एमालेले गृहमा दाबी गरेको छ । उता, रास्वपाले पनि सरकारमा जाने कि नजाने भन्ने प्रश्नलाई गृह मन्त्रालयमा केन्द्रित गरेको छ । मन्त्रालय बाँडफाँटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ४ दलको बैठक मुख्यतः गृहकै विवादले निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव रहेको कार्यदल सहमतिको प्रयासमा छ । एमाले विष्णु पौडेलको नेतृत्वमा गृह वा अर्थ मन्त्रालय लिएर सरकारमा जाने कसरतमा छ । एमालेले कुनै पद नपाए सरकारमा नजाने भनेर नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई भनिसकेका छन् ।

ठूलो दलको हैसियतले गृह र अर्थ मन्त्रालयमा दाबी गर्नु स्वाभाविक भएको एमालेका नेताहरुको तर्क छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);