मन्त्रिमण्डल बिस्तारमा प्रचण्डलाई सकस ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मन्त्रिमण्डल बिस्तारमा प्रचण्डलाई सकस ( भिडियो रिपोर्ट )

बटुक राज गिरि  \ माउन्टेन टेलिभिजन एचडी। 

काठमाडौँ, चैत्र ८। संसदमा उपस्थित २ सय ६२ मध्ये १ सय ७२ सांसदले प्रचण्डलाई विश्वासको मत दिएपछि उत्साहका साथ संसदबाट बाहिरीने क्रममा हौसिदै संचारकर्मीहरुलाई दिएको अभिव्यक्ति । अब प्रचण्डले आफूले सम्हाल्दै आउनुभएको १६ मन्त्रालयको भागवण्डा मिलाउनुपर्ने पहिलो चुनौती छ । त्यो सहज भने छैन । कारण हो सरकारलाई विश्वासको मत दिने दलहरूको संख्या धेरै हुनुका साथै धेरै र शक्तिशाली मन्त्रालयमा दाबी हुनु । २५ मन्त्रालयमा गठबन्धनको ठूलो दल कांग्रेसले नौ, सरकारको नेतृत्व गरेको माओवादीले प्रधानमन्त्रीसहित पाँच, एकीकृत समाजवादी र जसपाले तीन–तीन, लोसपा र जनमतले दुई–दुई, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीले एक–एक मन्त्रालय दाबी गरेका छन् । प्रचण्डलाई दोस्रो पटक पनि विश्वासको मत दिएको रास्वपा पनि सरकारमा सहभागी हुने संकेत गरेको छ।

प्रचण्ड, देउवा र नेपालबीच प्रधानमन्त्रीमा पनि आलोपालो गर्ने सहमति बनेकाले कांग्रेस र एकीकृत समाजवादी गृह मन्त्रालय छाड्न तयार हुने विश्वास माओवादीको छ । गठबन्धन निर्माणमा पार्टीले खेलेको भूमिकाको आधारमा शक्ति बाँडफाँट हुनुपर्ने एकीकृत समाजवादीको माग छ । गठबन्धनबाट उपराष्ट्रपति पाएको जसपाले परराष्ट्रसहित तीन मन्त्रालयमा दाबी गरेको छ । तत्कालीन सातदलीय गठबन्धनले जसपालाई वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय छुट्याएको थियो तर त्यसमा असन्तुष्टि जनाएर जसपा सरकारमा गएको थिएन ।

सरकारको नेतृत्व गरिरहेको माओवादीले गृह वा अर्थ मन्त्रालयमा पनि दाबी गरेको छ । यी मन्त्रालय हुँदा प्रधानमन्त्रीलाई काम गर्न सहज हुने माओवादीको बुझाइ छ । अप्रत्यासित रुपमा प्रचण्डले सत्ता समिकरण बदलेर प्रतिपक्षको बेञ्चमा पुगेको एमालेले भने प्रचण्ड नेतृत्व सरकारको भविष्य लामो समय नजाने बताउँछ।

देशको अर्थतन्त्र भित्र भित्र खस्किदै गएको छ । तर, प्रचण्ड नेतृत्वको सरकार ३ महिना देखि सत्ता समिकरण फेरबदल र भागबण्डामा केन्द्रित भयो । आर्थिक विषय प्रचण्डको प्राथमिकतामा परेन बरु सत्ता जोगाउनमा ध्यान खिचियो । यसकारण पनि प्रचण्डलाई आगामी दिन निकै चुनौतीपूर्ण हुने देखिन्छ । उहाँले अपजसको भारी बोकेर थच्रिनुपर्ने त होइन ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);