शुक्रबार मौसममा क्रमिक सुधार हुदैँ जाने ,सबैभन्दा बढी पश्चिममा वर्षा ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८०, शुक्रबार

शुक्रबार मौसममा क्रमिक सुधार हुदैँ जाने ,सबैभन्दा बढी पश्चिममा वर्षा ( भिडियो रिपोर्ट )

विद्या तामाङ \ माउन्टेन टेलिभिजन एचडी। 

काठमाडौँ, चैत्र ८। पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायु सक्रिय हुदाँ केही दिन यता देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टाको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै कैलालीको धनगढीमा ४८ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । यस्तै ओखलढुंगामा २९ दशमलब ७ पोखरामा २८ दशमलब ८, बाराको सिमरामा २६ दशमलब ६ यस्तै काठमाडौँमा ९ दशमलब ६ मिलिमिटर वर्षा भएको छ । यसपटकको हिउँदेयाममा वर्षा औसत भन्दा पनि निकै कम मात्रामा भयो । खडेरीकै जस्तो अवस्था बन्न पुग्यो कतिपय स्थानमा । यद्यपि हाल सातै प्रदेशका भुभागमा जारी वर्षाले प्रभाव भने खासै नपर्ने मौसम विभागमा वरिष्ठ मौसमविद रघुधर प्रधानाङ्ग बताउनुहुन्छ ।

नेपालको पश्चिमी पश्चिमी उत्तर प्रदेशमा न्युन चापीय प्रणाली बस्दा अन्य भुभागको तुलनामा त्यहाँ भारी वर्षा भइरहेको छ । अब तीनदिनसम्म वर्षा जारी रहेपनि त्यसपछि कम भएर जाने मौसम विभागको भनाई छ ।

हिउँदमा औसतभन्दा कम वर्षा हुँदा कृषि र जलविद्युत उत्पादनमा असर प¥यो । अहिलेको वर्षाले किसानहरुलाई भने केही राहत पु¥याएको छ । प्रि मनसुन सुरुभएसगैँ सक्रिय वर्षाले खासैँ क्षति नगर्ने महाशाखाको भनाइ छ । आउँदो शुक्रबारबाट मौसममा क्रमिक सुधार देखिएपनि पहाडी भुभागमा भने मेघ गर्जन÷चट्याङ सहित केही दिन वर्षा लम्बिन सक्ने अनुमान गरिएको छ ।

Leave a Reply