मलावीमा भीषण बाढी, हजारौं बिस्थापित | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

मलावीमा भीषण बाढी, हजारौं बिस्थापित

एजेन्सी,२० फागुन । मलावीका आएको भीषण बाढीका कारण एक जनाको मृत्यु हुनुका साथै हजारौँ बिस्थापित भएका छन् । दुई जिल्लाहरू–मध्य क्षेत्रको न्खोटाकोटा र उत्तरी क्षेत्रको करोंगामा बढी क्षति भएको छ ।

बाढीका कारण न्खोटाकोटा मात्रै सात हजारभन्दा बढी बिस्थापित भएको र बिस्थापितलाई जिल्लाका नौ वटा शिविरमा सारिएको विपद् व्यवस्थापन विभाग (डीओडीएमए) ले जनाएको छ । दुवै जिल्लामा घर तथा व्यापारिक संरचना ध्वस्त हुनुका साथै धान, कासवा, मकै लगायतका बालीसहितको हजारौँ हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।

लगातारको वर्षाले सडक र पुलमा थप क्षति पु¥याएको र प्रभावितलाई अत्यावश्यक सेवा पु¥याउने काममा अत्यधिक असर परेको बताइएको छ । मलावी तालको किनारमा अवस्थित न्खोटाकोटा र करोंगा जिल्ला बाढीको जोखिममा पर्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);