काठमाडौं,१८ फागुन । नेपाल वायुसेना सञ्चालक संघको नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार बसेको २३औं साधारण सभाले औपचारिक रुपमा नयाँ कार्यसमिति घोषणा गरेको हो ।
संघको नयाँ कार्यसमितिको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चयन भएका छन् भने प्रथम उपाध्यक्षमा प्रतापजंग पाण्डे,दोस्रो उपाध्यक्षमा निमा नुरु शेर्पा, तृतिय उपाध्यक्षमा अनिल मानन्धर चयन भएका छन् ।
संघको महासचिवमा सुवास सापकोटा,सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा रूपेश जोशी सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी,सदस्यमा सुवास अमात्य, उमेश पनेरू, बालकृष्ण पण्डित, प्रज्वल थापा, सचेन सुवेदी, उमेश आचार्य, फुर्वा छिरिङ, विजयसिंह श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।