पौडेलको अध्यक्षतामा नेपाल तान डोरी संघको केन्द्रीय कार्यसमिति चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

पौडेलको अध्यक्षतामा नेपाल तान डोरी संघको केन्द्रीय कार्यसमिति चयन

काठमाडौं, ७ जेठ । नेपाल तान डोरी संघको दोश्रो राष्ट्रिय अधिबेशनले भवानी प्रसाद पौडेलको अध्यक्षतामा केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा राजकुमार आचार्य,सूर्यबहादुर भट्टराई,डा.सुभाषश्री पोखरेल, भुवनलाल श्रेष्ठ, शैलेज नेपाल, महासचिवमा बिमल पौडेल, सचिवमा मिनराज बेलबासे र कोषाध्यक्षमा शिवभक्त सैंजु रहेका छन् ।

सदस्यहरुमा निश्चलराज शाक्य, आनन्दकुमार यादब,भुवनचक्र जोशी,मनोरथ कुमार शाह,केशव वलि,भुवनेश्वर पन्त कडरिया,नवराज खरेल र त्रिसना हमाल कार्यसमिति सदस्यमा चयन भएका छन् । नेपाल तान डोरी संघको दोश्रो राष्ट्रिय अधिबेशनको कार्यसमिति बैठकले केहिलाई कार्यसमिति सदस्यमा मनोनित गर्न अध्यक्षलाई जिम्मा दिएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिंगको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);