काठमाडौं, १२ माघ । काठमाडौंबासीको धारामा अबको दुई महिनाभित्र मेलम्चीको पानी आउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार चैत अन्तिम सातासम्म मेलम्चीको पानी काठमाडौँबासीले पिउन पाउने छन् । सुरुमा दैनिक ५ घण्टासम्म पानी वितरण गर्न सकिने प्रारम्भिक अनुमान गरिएको छ ।
अहिलेसम्म ९० प्रतिशत काम सकिएकाले अब दुई महिना धैर्य गर्न काठमाडौँ उपत्यका खानेपानी निर्देशनालयले आग्रह गरेको छ ।