बैजनाथ धामको संरक्षण गर्न स्थानीयको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बैजनाथ धामको संरक्षण गर्न स्थानीयको माग

पुष्कर भट्ट
कञ्चनपुर, १२ माघ । कञ्चनपुरको बैजनाथ धाममा दर्शनका लागि दर्शनार्थीको घुइचो लाग्ने गरेको छ । तर प्राचिन मन्दिरहरु जिर्ण बन्दै गएका छन् ।जीर्ण मन्दिरको संरक्षण गर्न स्थानीयले माग गरेका छन् ।

भीमदत्त नगरपालिका–१ बाराकुण्डाको बैजनाथ धाम दर्शनार्थीको आस्थाको केन्द्र हो । प्रत्येक वर्ष माघ शुक्ल दशमी र नयाँ वर्षको दिन भव्य मेला लाग्ने गर्दछ । टाढा टाढाका दर्शनार्थी दर्शनका लागि बैजनाथ धाम पुग्ने गरेका छन् ।

भारतको झारखण्डबाट भगवान शिवको ज्योतिस ‘लिङ्ग’ ल्याएर राखिदिएपछि बैजनाथ धामको स्थापना भएको हो । मन्दिर परिसर वरपर घटाल, पुर्णागिरी, सिद्धनाथ, र अन्य देवी देवताका मन्दिर छन् । तर प्राचीन मन्दिर जीर्ण बन्दै गएको छ । जीर्ण भएको मन्दिरको संरक्षण गर्न स्थानीयले माग गरेका छन् ।

मन्दिर पुग्नका लागि पक्की सडक र खनेपानीको अभावका कारण दर्शनार्थीले समस्या भोग्दै आएका छन् । मन्दिरको स्तरोन्नती गरेर बैजनाथ धामको प्रचार प्रसार गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);