जिवि राईलाई पक्राउ नगरेको भन्दै संसदमा उठ्यो प्रश्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

जिवि राईलाई पक्राउ नगरेको भन्दै संसदमा उठ्यो प्रश्न

काठमाडौं,११ फागुन । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगि प्रकरणमा संलग्न व्यक्ति जिवि राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जिवि राईको संलग्नता रहेको विरगञ्जको सानो पाइला वचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ बचत लिएर भागेको बताउनु भयो ।

उहाँले वीरगञ्जवासीले प्रहरीमा उजुरी दिएपनि हालसम्म छानविन अगाडी नबढेको बताउनु भयो । उहाँले राईले विना धितो वीरगञ्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको पनि बताउनु भयो । उहाँले हालसम्म प्रहरीले जिवि राई लगायतलाई किन पक्राउ गरिएन भनेर प्रश्न समेत गर्नुभयो ।

उहाँले राई लगायत सहकारी संस्थामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);