स्वास्थ्य संस्थामा गरिने परीक्षण र उपचारको शुल्क निर्धारण गर्न तोषिमा कार्कीको माग | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

स्वास्थ्य संस्थामा गरिने परीक्षण र उपचारको शुल्क निर्धारण गर्न तोषिमा कार्कीको माग

काठमाडौं,१० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरुले गर्ने परीक्षण र उपचार खर्चमा एकरुपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले तरकारीदेखि तेलसम्म र नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकिदिएको भएपनि बिरामीको उपचारजस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क नतोकेको बताउनु भयो । उहाँले परीक्षण र उपचारको कुनै शुल्क निर्धारण नहुँदा नीजि र सरकारी स्वास्थ्य संस्थाहरुले आफूखुशी शुल्क लिइरहेका भन्दै यसको नियमन हुनुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य उपचार गर्न पनि लुगा र जुत्ता बेचेजस्तो मोलमोलाइ भइरहेको बताउनु भयो । एउटै ल्याव परीक्षणमा पाँच गुणा बढीसम्म शुल्क लिइएको प्रमाण आफूले भेटेको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले शुल्क निर्धारण समितिलाई तत्काल सक्रिय बनाएर शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सभामुखमार्फत स्वास्थ्यमन्त्रीज्युलाई आग्रह गर्दछु, स्वास्थ्य मन्त्रालय अन्तर्गतको शुल्क निर्धारण समितिलाई तत्काल सक्रिय बनाइयोस् । र स्वास्थ्य संस्थाहरुमा दिइने स्वास्थ्य सेवाहरुको वर्गिकृत आधारमा शुल्क निर्धारण गरेर नागरिकले थाहा पाउने व्यवस्था मिलाइयोस् । हामीसँग विज्ञहरु पनि छन् । कस्तो गर्न सकिन्छ, कसरी गर्न सकिन्छ भनेर खाका पनि छ । मागोस्, सोधोस्, खोजोस् । हामी तयार छौँ सहयोग गर्नका लागि ।’

उहाँले बिरामीहरु कहाँ सस्तोमा उपचार गर्न पाइन्छ भनेर भौँतारिएर हिँड्नुपर्ने अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);