सुनसरीको पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा पहिलोपटक नित्य पूजा रोकिएको खुलासा | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

सुनसरीको पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा पहिलोपटक नित्य पूजा रोकिएको खुलासा

भगवान रामसँग जोडिएको सुनसरीको पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा पहिलोपटक नित्य पूजा रोकिएको खुलासा भएको छ ।

मन्दिरका पुजारी महन्त काशीदास उदासीले पत्रकार सम्मेलनमार्फत रामधुनी मन्दिरमा पहिलोपटक नित्य पूजा रोकिएको खुलासा गर्नु भएको हो ।

डिल्र्ली कार्की नेतृत्वको टोलीले मन्दिरमा ताला लगाई पुजाआजमा रोक लगाएको हो । मन्दिरका महन्त काशीदास उदासीले गुठी संस्थानको अधिनस्थ रहेको अधिकार प्राप्त मठलाई बेवास्ता गर्दै रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यस्थापन नामको समितिका अध्यक्ष डिल्ली कार्की नेतृत्वको समूहले मन्दिरमा ताला लगाएर पूजा रोकेको खुलासा गर्नुभयो ।

पञ्चायती उदासिन बडाअखडा सुनसरी ४ रामधुनीले आयोजना गरेको पत्रकार सम्मेलनमा उदासीन बडाअखडाका अध्यक्ष मोहिनारायण चौधरीले कार्की नेतृत्वको समितिले गौशालामा रहेका गाईवस्तु बेचेको, पुरातात्विक महत्व बोकेका बोट बिरुवा सहितको रुख काटेर बेच्ने काम गरेको र जथाभावी कंकृटका संरचना निर्माण गरी रामधुनीको अस्तित्व नै संकटमा पारेको आरोप लगाउनु भयो ।

रामधुनी मठ सुनसरीका नाममा मठ परिषद्को २२ हेक्टर र सो वरिपरीको धार्मिक वन ६११ हेक्टर लगायतमा व्यवस्थापन समितिले अनाधिकृत रुपमा हस्तक्षेत्र गरेको आरोप पनि लगाइएको छ । समितिका अध्यक्ष डिल्ली कार्कीले भने आफुमाथि लगाइएको आरोप सरासर निराधार र गलत भएको प्रतिक्रिया दिनु भएको छ

Leave a Reply