निर्वाचनको बिचमा राजिनामा दिनु प्रधानमन्त्रीको कमजोरीः ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

निर्वाचनको बिचमा राजिनामा दिनु प्रधानमन्त्रीको कमजोरीः ओली

१६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनकै बीचमा राजीनामा दिनु प्रधानमन्त्रीको कमजोरी भएको बताउनुभएको छ ।

निर्वाचनको बिचमा राजिनामा दिनु प्रधानमन्त्रीको कमजोरीः ओली

१६ जेठ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनकै बीचमा राजीनामा दिनु प्रधानमन्त्रीको कमजोरी भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सरोकार केन्द्रले मंगलबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकार, देश र जनताप्रति जवाफदेही हुननसकेको भन्दै अरुको दवाव र वहकाउमा संचालन भएको आरोप लगाउनुभयो ।

उहाँले चीनसँग भएको ओविओआर सम्झौताले एउटै देशप्रति निर्भर हुनुपर्ने अवस्थाबाट नेपालले मुक्ती पाउने विश्वास समेत व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले सबैले देशको हितमा केन्द्रित भएर राष्ट्र, लोकतन्त्र, र सामाजीक सदभाव कायम राख्दै अगाडी बढनुपर्ने बताउनुभयो ।

ओवीओआर सम्भौताले नेपालको आर्थिक विकास र लगानीमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले ओवीओआर सम्झौताले नेपालका लागि ऐतिहासिक महत्व राख्ने बताउनुभयो ।

Leave a Reply