ओलीले हिमानीको फेक अकाउन्ट नचिनेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ओलीले हिमानीको फेक अकाउन्ट नचिनेपछि…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको कडा आलोचना गर्नुभएको छ ।

उहाँले पूर्वराजासँग पुरानो हिसाब किताब धेरै रहेको तर आफूहरुले नगरेर त्यसै छाडेको भन्दै कटाक्ष गर्नुभयो ।

झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको अध्यक्ष ओलीको दाबी थियो । इलाममा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ज्ञानेन्द्र शाह उहाँको परिवारप्रति आक्रोश पोख्दै आफूले यसको जवाफ दिनु पर्ने दिन नआओस भन्दै चेतावनी दिनुभयो ।

ओलीले यस्तो दाबी गरेपनि हिमानीको नामको ट्वीटर फेक भएको उहाँको सचिवालयले बताउँदै आएको छ । अध्यक्ष ओलीले प्रदेश १ को नाम कोशी नामकरण हुनु सही भएको पनि जिकिर गर्दै सबैको साझा होस् भनेर कोशी प्रदेश नामकरण गरिएको बताउनुभयो । तर यही विषयलाई उचालेर आफूमाथि आक्रमण प्रयास हुनु अराजनीतिक, उदण्ड र आतंकको नमुना भएको उहाँले टिप्पणी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);