‘कोशी प्रदेश कसैको बिर्ता होइन’ | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

‘कोशी प्रदेश कसैको बिर्ता होइन’

काठमाडौं, २२ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताउनुभएको छ । बिहीवार पर्वतमा महाकाली—मेची यात्राका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश गर्न नदिने केही पहिचानवादीको चेतावनीको सन्दर्भलाई लिएर उहाँले यस्तो चेतावनी दिनेलाई बुद्धि सच्याउन आग्रह गर्नुभयो । अध्यक्ष ओलीले एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? भन्नेकुरा सिकाउन आवश्यक नरहेको जिकिर गर्नुभयो । आक्रमण गर्छु, मारपिट गर्छु भन्ने आतंककारी कुराहरुको सामना गरेर एमाले अघि बढ्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले सरकारको नालायकीले प्रतिगामी शक्तिहरु फेरि उठ्न थालेको टिप्पणी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);