बहुसांस्कृतिकता राष्ट्रिय सम्पदा संरक्षण गर्न ओलीको अपिल | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

बहुसांस्कृतिकता राष्ट्रिय सम्पदा संरक्षण गर्न ओलीको अपिल

काठमाडौं, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत मनसायले देशमा विद्वेष फैलाउने कार्य भइरहेको बताउनुभएको छ । बुधबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले धार्मिक, साम्प्रदायिक अतिवाद र विद्वेष फैलाउने काम देश तथा जनताको हितमा नहुने भएकाले सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले गलत अभिष्ट पूरा गर्न केही मान्छेहरू प्रयासरत रहेको भन्दै नेपाली जनता यस्तो कुरामा नलाग्ने विश्वास व्यक्त गर्नुभयो । यसप्रकारका घटनाले भएको क्षति नेपाली जनता धेरैपटक भोगिसकेकाले द्वन्द्व बढाउने काममा लाग्न नहुने अध्यक्ष ओलीको भनाइ थियो ।

उहाँले बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिकता देशको राष्ट्रिय सम्पदा भएकोले संरक्षण गर्नुपर्ने भएकाले विद्वेष फैलाउने र देशलाई द्वन्द्वतर्फ लग्ने कार्य सह्य नहुने चेतावनी दिनुभयो । अर्को एक प्रसंगा अध्यक्ष ओलीले कोशी प्रदेशमा दलहरूलाई मध्यावधि चुनावतर्फ नजान आग्रह गर्नुभयो । तर एमाले जुनसुकै बेला जस्तोसुकै चुनावबाट भाग्ने र नहच्किने उहाँको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);