मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील छन्ः ओली | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील छन्ः ओली

काठमाण्डौ, भाद्र २३
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील रहेको बताउनुभएको छ । जात जात, वडा वडा, पालिका पालिका मिलेर बसेको देख्न नसक्नेहरुले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाई थियो ।

तिजको अवसर पारेर पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले हाम्रा चाडपर्वहरुसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद् नभएको पनि बताउनु भयो । अध्यक्ष ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सदभाव कायम गर्नु रहेको उल्लेख गर्दै त्यसले सबै समुदायमा निकटता ल्याउने माध्यामको रुपमा काम गरिरहेको पनि स्मरण गराउनु भयो । तिज पर्वले महिलाहरुमा सबैभन्दा बढी खुशीयाली ल्याएको भन्दै उहाँले त्यसो हुनु सबैका लागि खुशीको कुरा भएको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले चाडपर्वहरुलाई नेपालीहरुले उत्सवको रुपमा मनाउने गरेको र त्यसले सामाजिक प्रवन्धहरुलाई व्यवस्थित बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार