अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय तत्काल रोकिनुपर्छः गगन थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय तत्काल रोकिनुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय तत्काल रोक्नुपर्ने बताएका छन् ।

राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत रहेको भन्दै यसलाई तत्काल रोक्नुपर्ने आवाज उठाएका हुन् ।

महामन्त्री थापाले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न होइन पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित हुन आग्रह समेत गरेका छन् ।

‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ,रोक्नुपर्छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न होइन पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस्,’ उनले लेखेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);