प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालको सवाल जवाफ, राजश्व छली, अवैध व्यापार नियन्त्रण गर्न सरकार कडा रुपमा प्रश्तुत हुने आश्वासन | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालको सवाल जवाफ, राजश्व छली, अवैध व्यापार नियन्त्रण गर्न सरकार कडा रुपमा प्रश्तुत हुने आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहालले राजश्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न सरकार विशेष योजनासहित प्रश्तुत हुने बताउनुभएको छ ।

मुलुकका आर्थिक स्रोत बढाउन र विकास, निर्माणको काममा तिब्रता दिन सरकारले सो योजनालाई कडाईका साथ पालना गराउन लागि पर्ने विशेष नीति लिएको प्रधानमन्त्री दाहालको भनाई थियो ।

आईतवार संघीय संसद प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सरकारको आर्थिक स्रोत बढाउन पनि सो योजना कडाईका साथ लागू गर्न सरकार अघि बढेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले वैदेशिक सहायताबाट सञ्चालित आयोजनाहरुको कार्यान्वयनलाई द्रुतता दिइने र त्यसले थप वैदेशिक सहयोग प्राप्त हुने आधार स्तम्भ तयार हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले सरकारले पुँजीगत खर्च हुन नसक्नुका कारणहरुको स्पष्ट पहिचान गरेको भन्दै त्यसलाई बढाउन केही नयाँ पहल अगाडि बढाइको पनि दाबी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले बालकुमारी घटनामा छानविन समितिले दिएको रिपोर्ट अध्यययन गरी आवश्यक कारबाही गरिने समेत उल्लेख गर्नुभयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);