मेलम्ची खानेपानी आयोजनामा चरम भ्रष्टाचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

मेलम्ची खानेपानी आयोजनामा चरम भ्रष्टाचार

काठमाडौं,७ फागुन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै १८ जनालाई विपक्षी बनाएर आरोप पत्र दर्ता गरेको छ ।

आईतवार आयोगले विशेष अदालतमा अनुसन्धान पूरा गरी मेलम्ची खानेपानी विकास समितिबाट भएको अनियमितता सम्बन्धमा आरोपपत्र दर्ता गरेको हो । विशेष अदालतका प्रवक्ता एवं सूचना अधिकारी धनबहादुर कार्कीले डा.सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्रकुमार ठाकुर, तीन जना पूर्वसचिव सहित दुई जना विदेशी परामर्श दाता र एक जना निर्माण व्यवसायी विदेशीसहित १८ जनालाई विपक्षी बनाएर फरक—फरक बिगो मागदाबी गरिएको बताउनु भयो ।

पूर्वसचिव डा.सञ्जय शर्मा र अर्थ मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेलको हकमा छुट्टै बिगो मागदाबी रहेको र उनीहरुलाई ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ ९६ पैसा रहेको बताउनु भयो । त्यस्तै मेलम्ची खानेपानीका तत्कालीन अध्यक्ष÷खानेपानी सचिव भीमप्रसाद उपाध्यायको हकमा ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ ८२ पैसा रहेको बताउनु भयो ।

खानेपानी बोर्डका तत्कालीन सदस्यहरु, निर्माण व्यवसायी र परामर्शदातासहितलाई विपक्षी बनाएर फरक—फरक मागदाबी लिएर आरोप पत्र दर्ता भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);