गच्छदारसहित ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

गच्छदारसहित ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद

Bijaya Gachhadar

काठमाडौं, २३ फागुन । विशेष अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेका मध्ये ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ ।

अदालतले शुक्रबार नेपाली कांग्रेसका उपसभापति बिजय गच्छदार सहित ७४ जनाको नाममा १५ दिने म्याद जारी गरेको हो । अख्तियारले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग दाबी गरेको थियो ।

अख्तियारले गत माघ २२ गते गच्छदारसहित १सय ७५ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेकोमा ७४ जनाको नाममा म्याद जारी भएको विशेष अदालतले जनाएको छ ।

यसैगरी ललिता निवास प्रकरणमै मुछिएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त र अख्तियारका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ । सचिव पदमा रहँदा भ्रष्टाचार गरेको आरोप पन्त र बस्न्यातलाई लागेको छ ।

यसैगरी भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका छोरा कल्याण, गैरआवासीय नेपाली संघ, लगायतको नाममा पनि म्याद जारी गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);