मानव अधिकार संगठन नेपालले फागुन ११ गते भव्य कार्यक्रम गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

मानव अधिकार संगठन नेपालले फागुन ११ गते भव्य कार्यक्रम गर्दै

काठमाडौं,६ फागुन । अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । संस्थाले ललितपुरको जावलाखेलस्थित थासाङ घरमा आगामी फागुन ११ गते शुक्रबार अपरान्ह ४ बजे कार्यक्रमको आयोजना गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख अतिथ्यमा सम्पन्न हुने कार्यक्रममा पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाही र एस ओ एस बालग्राम नेपालका पूर्व राष्ट्रिय निर्देशक श्री शंकर प्रधानाङ्गलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

डा.शाहीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्यान्सर रोगका लागि जनचेतना फैलाउने लगायतमा धेरै महत्वपुर्ण काम गरेका छन् । त्यसैगरी, प्रधानाङ्गले सामाजिक तथा लामो समयसम्म बालबालिकाको क्षेत्रमा काम गरेर राष्ट्रलाई योगदान दिएका छन् ।

नयाँ सदस्यहरुलाई स्वागत गर्ने र आफ्नै संस्थाका बढुवा भएका निर्देशकहरुलाई समेत कार्यक्रममा सम्मान गरिने संस्थाको तयारी छ । बढुवा हुनेहरुमा निर्देशकहरु शिला न्यौपाने र सुरज अर्याल रहेका छन् । न्यौपाने उपाध्यक्षमा र अर्याल महासचिवमा बढ्वा हुँदैछन् । सोही समारोहमा बधाइ तथा सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । संस्थाका अनुसार यो वर्ष ७ जना नयाँ सदस्य थपिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);