इतिहासमै पहिलो पटक नेपालकी मनोविदले पाइन ‘एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्ट’को मान्यता | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

इतिहासमै पहिलो पटक नेपालकी मनोविदले पाइन ‘एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्ट’को मान्यता

काठमाडौं,६ फागुन । इतिहासमै पहिलोपल्ट नेपालका मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टो मान्यता प्राप्त गरेका छन् ।  विगत दुई दशक भन्दा लामो अवधि अटिजम भएका बालबालिका तथा मनोविज्ञानको क्षेत्रमा अर्पण गरेकी वरिष्ठ मनोविद भगवती भट्टराईले गत माघ २९ गते सो मान्यता पाएकी हुन् ।

उच्चतम शिक्षा तथा लामो अवधिको अनुभव भएका विशेषज्ञहरूलाई अन्तर्राष्ट्रिय बोर्ड आइ बी सी सी इ एस ले उच्चतम कोटीको क्षमता परीक्षण गरी उक्त शीर्षक प्रदान गर्दै आएको छ । साथै,बोर्डले अमेरिकाका सरकारी अधिकारीहरू,विशेषज्ञहरूका साथसाथै संसारभरीवाटै मापदण्ड पूरा गर्न सक्ने विशेषज्ञहरूलाई प्रमाणित गर्दै आएको छ ।

यस अघि नेपाललाई मापदण्डमा राखिएको तथा सम्बोधन गरेको थिएन । नेपाल एकेडेमी अफ साइकोलोजीको पहलमा बोर्डले नेपाललाई सम्बोधन तथा आफ्नो मापदण्डमा समेत समावेश गराएको हो । संयोजक तथा नेपाल एकेडेमी अफ साइकोलोजीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक उपहारजंग शाहले विदेशी भूमिमा आफ्नो राष्ट्रको स्वार्थ संरक्षण गर्ने कर्तव्य सबै नेपालीको भएको बताए । उनले भने,“जसरी गायक धीरज राईले नेपाल र बुद्धभूमिलाई संसारभरि चिनाइरहेका छन् त्यसरी नै हामी विशेषज्ञहरुले समेत आ–आफ्नो क्षेत्रबाट राष्ट्रिय स्वार्थको संरक्षण गर्नुपर्छ । विश्वका कुनाहरूमा यस्ता धेरै क्षेत्रहरू छन्,जहाँ नेपाल देश भनेर समेत चिनिएको र समेटिएको छैन्,आफ्नो फाइदा गर्दैगर्दा आफ्नो माटोलाई समेत बिर्सनु हुँदैन् ।”

मनोविद भट्टराई नेपाल एकेडेमी अफ साइकोलोजीका अध्यक्ष समेत हुन् भने आफ्ना २४ सै घण्टा अटिजम भएका बालबालिकाको थेरापी ,शिक्षण, पालनपोषण तथा व्यवस्थापनमा बिताउँछिन् ।

Leave a Reply

ताजा समाचार