प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालको सवाल जवाफ, राजश्व छली, अवैध व्यापार नियन्त्रण गर्न सरकार कडा रुपमा प्रश्तुत हुने आश्वासन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालको सवाल जवाफ, राजश्व छली, अवैध व्यापार नियन्त्रण गर्न सरकार कडा रुपमा प्रश्तुत हुने आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहालले राजश्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न सरकार विशेष योजनासहित प्रश्तुत हुने बताउनुभएको छ ।

मुलुकका आर्थिक स्रोत बढाउन र विकास, निर्माणको काममा तिब्रता दिन सरकारले सो योजनालाई कडाईका साथ पालना गराउन लागि पर्ने विशेष नीति लिएको प्रधानमन्त्री दाहालको भनाई थियो ।

आईतवार संघीय संसद प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सरकारको आर्थिक स्रोत बढाउन पनि सो योजना कडाईका साथ लागू गर्न सरकार अघि बढेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले वैदेशिक सहायताबाट सञ्चालित आयोजनाहरुको कार्यान्वयनलाई द्रुतता दिइने र त्यसले थप वैदेशिक सहयोग प्राप्त हुने आधार स्तम्भ तयार हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले सरकारले पुँजीगत खर्च हुन नसक्नुका कारणहरुको स्पष्ट पहिचान गरेको भन्दै त्यसलाई बढाउन केही नयाँ पहल अगाडि बढाइको पनि दाबी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले बालकुमारी घटनामा छानविन समितिले दिएको रिपोर्ट अध्यययन गरी आवश्यक कारबाही गरिने समेत उल्लेख गर्नुभयो । ०००

Leave a Reply

ताजा समाचार