लागूऔषधसहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

लागूऔषधसहित २ जना पक्राउ

बैतडी,२ फागुन । अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । सिगास गाउँपालिका–९ श्रीभाबरबाट चरेश जस्तो पदार्थ करिब २ किलोसहित बित्थडचिर गाउँपालिका–५ बस्ने ६४ वर्षीय धौले महरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ढोल्यामोडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको जानकी गाउँपालिका–५ अमौराबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका–२ कान्छिबजार बस्ने २१ वर्षीय नबिन सिलाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);