कतारमा फाँसीको सजाय सुनाइएका ८ भारतीय पूर्व नौसेनाका अधिकारीहरू रिहा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कतारमा फाँसीको सजाय सुनाइएका ८ भारतीय पूर्व नौसेनाका अधिकारीहरू रिहा

काठमाडौं,१ फागुन । कतारमा फाँसीको सजाय पाएका आठ जना भारतीयहरू रिहा भएका छन् । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार आठमध्ये सात जना भारत फर्किएका छन् ।

विदेश मन्त्रालयले यसलाई भारतको ठुलो कूटनीतिक जीत भएको उल्लेख गरेको छ । दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गर्ने आठ भारतीय पूर्व नौसेनाका अधिकारहरूलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो । तर,
अधिकारीहरूमाथि लागेको आरोपहरू भारत र कतार दुवैले सार्वजनिक गरेका थिएनन् ।

सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप लागेको थियो । एक वर्षभन्दा बढी समय जेलमा बिताएपछि अक्टोबरमा कतारको तल्लो अदालतले उनिहरुलाई मृत्युदण्डको सजाय सुनाएको थियो । निर्णयविरुद्ध भारतले अपिल गरेपछि कतारले फाँसीको सजायलाई घटाएर जेल सजायमा झारेको थियो ।

दुबईमा डिसेम्बर १ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच कप–२८ सम्मेलनको बेलामा भएको भेटघाटको चार हप्ता भित्र यो घोषणा आएको छ । कतार भारतको लागि प्राकृतिक ग्यासको सबैभन्दा ठुलो आपूर्तिकर्ता हो । कतारमा करिब आठ लाख भारतीय काम गर्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);