श्रीमतीसँग मोबाइलमा कुरा गर्दै अधिवक्ताले गरे आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

श्रीमतीसँग मोबाइलमा कुरा गर्दै अधिवक्ताले गरे आत्महत्या

death body

एजेन्सी,१८ माघ । कलेजोको रोगबाट पीडित एक वकिलले सोमबार साकेत अदालतको पहिलो तल्लामा रहेको वकिलको कोठाबाट हाम फालेर आत्महत्या गरेका छन् । साँझ नै अस्पतालबाट डिस्चार्ज भएपछि उनी श्रीमतीसहित साकेत अदालत आएका थिए । प्रहरीले मृतकको नजिकै सुसाइड नोट फेला पारेको छ ।

साकेत बस्ने ४४ वर्षीय अधिवक्ता ओमप्रकाश शर्मा विगत दुई वर्षदेखि कलेजोको रोगबाट पीडित रहेको प्रहरीले जनाएको छ । उनलाई पाँच दिनदेखि वसन्तकुञ्जस्थित निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई सोमबार साँझ सात बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
उनी आफ्नी श्रीमतीसँग घरतिर लागे । साकेत अदालतको तीन नम्बर गेटमा पुगेपछि उनले श्रीमतीलाई केही समयपछि आउन भने । आधा घण्टासम्म पनि घर नपुगेपछि अधिवक्ताकी श्रीमतीले फोनमा कति बेर आउनुहुन्छ भनेर सोधिन् । यसबारे अधिवक्ताले आफू अहिले रोगले सताएको (दिक्क भएको) र जीवनयापन गरिरहेको बताए । यसो भन्दै अधिवक्ताले चेम्बरबाट हाम फालेर आत्महत्या गरे ।

खबर पाएपछि आफन्त पनि घटनास्थल पुगेर प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अधिवक्ताको शव पोष्टमार्टमका लागि पठाएको थियो । उनको शव नजिकै तीन पृष्ठको सुसाइड नोट फेला परेको र कलेजोको रोगका कारण आत्महत्या गरेको पनि उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);