अनलाइन गेम खेल्न लिमिट लोड गर्ने ७ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अनलाइन गेम खेल्न लिमिट लोड गर्ने ७ जना पक्राउ

काठमाडौं,१७ माघ । अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरिदिएको अभियोगमा ७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहा, लहान नगरपालिका–१० बोटटोल घर भएका २४ वर्षीय मिथलेश कुमार मण्डल, लक्ष्मीपुर पतारी गाउँपालिका–६ सोलुखुडी घर भएका २४ वर्षीय मुरारी शाह, लहान नगरपालिका–१ सहिदचोक घर भएका २४ वर्षीय आर्यन शाह, लहान नगरपालिका–७ दुर्गा मन्दिरचोक घर भएका २४ वर्षीय अनिष कुमार रौनियार, लहान नगरपालिका–७ दुर्गामन्दिरचोक घर भएका २६ वर्षीय रोशन चौधरी जैसवाल, सुकिपुर नगरपालिका–२ सुकिपुर घर भएका २४ वर्षीय शिवम कुमार यादव र लहान नगरपालिका–७ चोक घर भएका २४ वर्षीय हरि शंकर चौधरी रहेका छन् ।

अवैध क्रिप्टोकरेन्सी (Bitcoin, cash app)  मार्फत Juwa, Milkyway, gamevault, Firekirin, Vegas sweeps, Orion stars जस्ता खेल खेलाई उक्त platform गराई रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका नयाँबानेश्वर सुविधानगर, कोटेश्वर जडिबुटी लगायतको एरियाबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);