भाटभटेनी डिपार्टमेन्ट स्टोर भ्याट छलीमा दोषी ठहर | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

भाटभटेनी डिपार्टमेन्ट स्टोर भ्याट छलीमा दोषी ठहर

काठमाडौं,१७ माघ । सर्वोच्च अदालतले नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेको भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर निर्धारण र जरिवाना तिर्नुपर्ने फैसलालाई सदर गरेको छ । मंगलवार सर्वोच्चका न्यायाधीशहरू डा कुमार चुँडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले यसअघि सर्वोच्चले नै गरेको फैसला सदर गरेको हो ।

नक्कली बिलबिजक बनाएर कर छलेको आरोपमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई भएको कर निर्धारण, जरिबाना र ब्याज गणनालाई यसअघि २०७६ पुस २८ गते सर्वोच्च अदालतले नै सदर गरेको थियो । राजस्व न्यायाधिकरणको फैसला तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले भाटभटेनीको दावी अस्वीकार गर्दै भ्याट छलीमा दोषी ठह¥याएको थियो ।

इजलासले शंकर अक्सिजन ग्यास प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, एआइटी प्रालि, भाटभटेनी सुपरमार्केट प्रालि र बीएस बानियाँ स्टोरले नक्कली बिल प्रयोग गरी राजस्व छली गरेको ठहर गरेको थियो । सर्वोच्चले राजस्व न्यायाधीकरणको आदेश सदर गर्दै कम्पनीहरूलाई दोषी ठह¥याएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);