प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा बिरोध | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा बिरोध

एजेन्सी,१४ माघ । प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा बिरोध प्रदर्शन भएको छ । हुथी वरिष्ठ अधिकारीहरूमाथि अमेरिकी–ब्रिटिश प्रतिवन्धहरू अस्वीकार गर्दै र उत्तरी यमनमा हवाई आक्रमणको निन्दा गर्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

सहभागीहरूले प्यालेस्टिनी–यमनी झण्डा फहराएका थिए । हुथी नेताहरूको तस्बिरसहितका प्लेकार्ड बोकेका थिए भने अमेरिका र इजरायलबिरुद्ध नारा लगाएका थिए । एक प्रदर्शनकारी हातम अल–महाकरीले गाजाका उत्पीडित जनताको साथमा उभिन र उनीहरूको पीडा बाँड्न आफूहरुले आन्दोलन गर्नुपरेको बताउनु भयो ।

हुथी सेनाका प्रवक्ता याह्या सारियाले नौसेनाले अडेनको खाडीमा रहेको बेलायती तेल ट्याङ्कर मार्लिन लुआण्डामा धेरै मिसाइलहरू प्रहार गरेको बताउनुभएको थियो । संयुक्त राज्य अमेरिकाले जनवरी १७ मा हुथी समूहलाईे विश्वव्यापी आतंकवादीको रूपमा पुनः नामाङ्कित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);