यथास्थितीमा निर्वाचन गर्न नदिने राष्ट्रिय जनता पार्टीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

यथास्थितीमा निर्वाचन गर्न नदिने राष्ट्रिय जनता पार्टीको चेतावनी

१३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले आफ्ना मुद्दा सम्बोधन गरी निर्वाचनको वातावरण नबनाए शसक्त विद्रोहको सामनाका लागि तयार रहन सरकारलाई चेतावनी दिएको छ ।

यथास्थितीमा निर्वाचन गर्न नदिने राष्ट्रिय जनता पार्टीको चेतावनी

१३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले आफ्ना मुद्दा सम्बोधन गरी निर्वाचनको वातावरण नबनाए शसक्त विद्रोहको सामनाका लागि तयार रहन सरकारलाई चेतावनी दिएको छ ।

शनिबार नेपाली कांग्रेससँग भएको छलफलमा राजपाले यस्तो चेतावनी दिएको हो । शुक्रबार आन्दोलनको कार्यक्रम घोषणा गरेका राजपाको अध्यक्ष मण्डलका सदस्यले  नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको भेटमा विभिन्न वहानामा आफुहरुका माग सम्बोधन नगर्ने खेल भएमा विद्रोहमा उत्रिने चेतावनी दिए ।

सत्ता भागवण्डा, अन्य राजनीतिक मुद्दा लगायतमा प्रमुख तीन दल एकठाउमा आउने तर मधेसको मुद्दा सम्बोधनका लागि भने एक अर्कालाई दोषारोपण गरेर उम्कने गरेको भन्दै राजपाका नेताहरुले यसपटक पनि त्यसो गरिए मुलुकमा कहिल्यै पनि  शान्ति स्थापना हुन नसक्ने बताएका छन । राजपाका नेताहरुले नेपाली काँग्रेस समयमै गम्भीर हुन ध्यानाकर्षण पनि गराएका छन । बैठकमा नेपाली कांग्रेसले भने चुनावको मिति केही दिन पछि सारेर भएपनि निर्वाचनमा सहभागी गराएरै अघि बढ्ने सोचमा सरकार रहेको जनाउँदै निर्वाचनमा सहभागी हुन आग्रह गरेको थियो ।

दुई तिहाई नपुगेकाले संविधान संसोधनको प्रक्रिया अघि बढ्न नसकेकाले आफुहरुले राजनीतिक दलसम्बन्धी ऐन संसोधन गरेर भएपनि निर्वाचनको वातावरण बनाउने प्रतिवद्धता जनाएको बैठकमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले जानकारी दिनुभयो । स्थानीय तहको संख्या बढाउने लगायत आफ्ना माग सम्बोधन नगरेको भन्दै राजपाले शुक्रबार आन्दोलनको घोषणा गरेपछि नेपाली कांगे्रसले शनिबार राजपालाई बैठकमा बोलाएको हो ।

Leave a Reply