आजपाको मधेस बन्दको कस्तो पर्यो प्रभाव ? | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

आजपाको मधेस बन्दको कस्तो पर्यो प्रभाव ?

काठमाडौं,१२ माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले गरेको मधेस प्रदेश बन्दको आंशिक प्रभाव परेको छ । पार्टीले बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै एक दिन मधेस बन्द घोषणा गरेको हो ।

बन्द गराउने भन्दै पार्टीका नेता कार्यकर्ताहरु सडकमा उत्रिएर नाराजुलुस गरेका छन् । मधेस प्रदेशका आठ जिल्लामा नै कार्यकर्ताहरुले आन्दोलन गरिरहेका छन् । बन्दका क्रममा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार बन्द गराउन हिँडेका आजपाका ६५ भन्दा बढी नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइएको हो ।

आम जनता पार्टीले जनताको भविष्य र देशको समृद्धिसँग खेलवाड भइरहेकाले बाध्य भएर आन्दोलित हुनुपरेको जनाएको छप्रदर्शनकारीहरुले बैंकहरुले मनोमानी रुपमा लिएको ब्याज फिर्ता गर्, आम जनता पार्टी जिन्दवाद, जनतालाई दुःख दिन पाइँदैन, जनतालाई लुट्न पाइँदैन, मधेस सरकार मुर्दावाद लगायतका प्लेकार्ड र नारा लगाएर बिरोधमा उत्रिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);